शिल्पा शेट्टीको घरसहित एक अर्बकाे सम्पत्ति जफत

शिल्पा शेट्टीको घरसहित एक अर्बकाे सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्राको ९८ करोड बराबरको सम्पति जफत भएको छ । 

भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले ६६ सय करोड भारतीय रूपैयाँकाे बिटक्वाइन पोन्जी ठगीको मुद्दामा यो कारबाही गरेको हो । भारतीय सञ्चार माध्यमले जनाएअनुसार शिल्पाको नाममा रहेको जुहुस्थित फ्ल्याट र पुणेको बंगला, कुन्द्राको विभिन्न कम्पनीमा रहेका शेयरसहति अन्य चल तथा अचल सम्पति जफत भएको छ । 

आज इडिले यसबारे जानकारी दिँदै ट्वीटमा भनेको छ, 'पिएमएलए नीति २००२ को प्रावधानअनुसार रिपु सूदन कुन्द्रा उर्फ राज कुन्द्राको ९७.७९ करोड बराबरको सम्पति जफ्त भएको छ ।'

त्यसो त, सन् २०१८ मा पनि इडीले दुई हजार करोडको बिटक्वाइन घोटाला प्रकरणमा कुन्द्रासँग सोधपुछ गरेको थियो । त्यतिबेला बयान लिएर उनलाई छाडिएको थियो । 

सन् २०२२ मा पनि कुन्द्रामाथि नालिबाकाहरुलाई पोनोग्राफी फिल्म खेलाएको आरोप लागेको थियो । बेला-बेला विवादमा आइरहने कुन्द्रा बेलायती मूलका नागरिक हुन्, जो लामो समयदेखि भारतमै व्यवसाय गर्दै आएका छन् ।
 

टिप्पणीहरू