चीन जान चाहनेसँग आवेदन माग

चीन जान चाहनेसँग आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सेमिनारमा सहभागी हुने चीन भ्रमणका लागि इच्छुकसँग दरखास्त मागेको छ । 

मन्त्रालयले उक्त भ्रमणका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षा अधिकारी, चाइनिज भाषा कार्यक्रमका निर्देशक, विश्वविद्यालयका प्राध्यापक-पदाधिकारी तथा चाइनिज भाषा कार्यक्रम सञ्चालन गर्न इच्छुक शैक्षिक संस्थाका पदाधिकारीलाई दरखास्त दिन भनेको हो । 

इस्ट चाइना युनिभरसिटी अफ टेक्नोलोजी (ईसीयुटी) अन्तर्गत इन्टरनेशनल कोअपरेसन एण्ड एक्सचेन्ज अफिस, नानचाङले यस्ता शैक्षिक संस्थाका दश जनालाई पाँच दिनको चाइना भ्रमणका लागि आमन्त्रण गरेको मन्त्रालयले जनाएको छ । 

भ्रमण अवधिमा सेमिनार, कोलाभोरेसन मिटिङ्ग, सिटी टुर र स्कुल भिजिटको कार्यक्रम प्रस्ताव गरिएको छ । ईसीयुटीले अन्तर्राष्ट्रिय उडान, बीमा र भिसा शुल्कबाहेकका आन्तरिक उडान, यातायात, खाना तथा आवासको व्यवस्था गर्ने मन्त्रालयले बताएको छ । 

मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट, बीमा र भिसा शुल्क आफैं व्यहोर्ने गरी चाइनाको जियाङसी प्रान्तको नानचाङ भ्रमणमा जान इच्छुक व्यक्तिलाई यही वैशाख २० गतेभित्र मन्त्रालयको विकास सहायता समन्वय शाखामा निवेदन पेश गर्न भनेको छ ।
 

टिप्पणीहरू