एन्फाका उपाध्यक्ष पक्राउ, भोलि अदालत लगिने

एन्फाका उपाध्यक्ष पक्राउ, भोलि अदालत लगिने
सुन्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । खैरो हिरोइन कारोबारमा तत्कालीन पुनरावेदन अदालत, पाटनबाट दोषी ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज समातेको हो ।

लामालाई आज बिहान पेप्सीकोलाबाट पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । आज सार्वजनिक बिदा भएकाले भोलि सम्बन्धित अदालतमा पेश गरिने उनले जानकारी दिए । 

‘उहाँ एक घण्टाअघि पेप्सीकोलाबाट समातिनुभएको छ । आज सार्वजनिक बिदा परेकाले उहाँलाई भोलि सम्बन्धित अदालतमा पेश गछौं’, उनले भने । अदालतले लामालाई २०६४ जेठमा लागुऔषधको कसूरमा दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार भएका थिए ।

टिप्पणीहरू