बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि फेरि खुवाउँदै

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि फेरि खुवाउँदै

सरकारले आगामी बिहीबार र शुक्रबार मुलुकभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले फेरि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिइएको छ । 

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई खुवाइने छ । सोही क्रममा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने तयारी छ ।

यस पटक करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि करिब २९ लाखलाई खुवाइने योजना छ । नेपाल सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि अभियानको रुपमा खुवाउन थालेको हो ।

यस पटक राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइने छ ।

टिप्पणीहरू