सञ्चयकोष प्राङ्गणबाट ठमेल र दरबारमार्ग क्षेत्र सँधै खुल्लाको घोषणा गरिँदै

सञ्चयकोष प्राङ्गणबाट ठमेल र दरबारमार्ग क्षेत्र सँधै खुल्लाको घोषणा गरिँदै
सुन्नुहोस्

काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला गर्न लागिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उक्त घोषणाको औपचारिक शुभारम्भ गर्ने बताइएको छ । 

ठमेलको त्रिदेवी मार्गस्थित कर्मचारी सञ्चयकोषको भवन बाहिरको सडकमा आयोजना गरिने विशेष कार्यक्रममा मन्त्री लामिछानेले साँझ ६ बजे ठमेल र दरबारमार्ग अबदेखि २४सै घण्टा खुल्ला भएको घोषणा गर्ने कार्यक्रम छ ।

यसअघि मन्त्रीको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरेर उक्त क्षेत्रलाई आजदेखि २४ सै घण्टा सञ्चालन गर्ने बताएको थियो ।

सो क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालनसँगै शौचालयको निम्ति विशेष व्यवस्था मिलाइएको बताइएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पनि त्यस्तै धारणा राखेका छन् ।
 

टिप्पणीहरू