किर्ते कागज बनाउँदै ऋण प्रवाहमा लघुवित्तका कर्मचारी व्यस्त

किर्ते कागज बनाउँदै ऋण प्रवाहमा लघुवित्तका कर्मचारी व्यस्त
सुन्नुहोस्

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी भ्रष्टाचारमा तानिएका छन् । किर्ते कागज बनाएर ऋण प्रवाह गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । 

अधिकारीले किर्ते सदस्य बनाएर बिना धितो कर्जा दिएको, ऋणीबाट साँबाब्याज असुलेर पनि नदेखाएको तथा सोबाट जग्गा खरिद गरेको र कर्जा दिँदा कमिशन खाएको अख्तियारको आरोप छ । अनुसन्धानको क्रममा उनले आर्थिक वर्ष २०६८–०६९ देखि संस्थाको १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ । 

अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त रकम जफतसहित कैद र जरिवानाको मागदाबी गरिएको छ । त्यस्तै, २० लाख रुपैयाँ बिगो पनि मागिएको छ ।

टिप्पणीहरू