भिसाको म्याद सकिएका बंगालीहरु ठमेलमा फुक्काफाल

भिसाको म्याद सकिएका बंगालीहरु ठमेलमा फुक्काफाल

भिसा अवधि सकिएर पनि नेपालमा बस्दै आएका तीन जना बंगलादेशी नागरिक समातिएका छन् । 

गैरकानूनी रुपमा काठमाडौंमा बसिरहेका उनीहरुलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज ठमेलबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामा बंगलादेशको कुमिल्लाका २७ वर्षीय राना अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाहजन छन् । तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति अध्यागमन विभाग पठाइएको छ । 

यसअघि गत शुक्रबार पनि भिसा अवधि सकिएपछि गैरकानूनी रुपमा बसिरहेका १० जना बंगलादेशीलाई प्रहरीले काठमाडौंको सोह्रखुट्टे र ठमेलबाट नियन्त्रणमा लिएको थियो ।
 

टिप्पणीहरू