क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एकजना पक्राउ

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एकजना पक्राउ

कानुनले बर्जित गरेको क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका–८, सुन्दरबस्ती बस्दै आएका स्याङ्जाका ५४ वर्षीय शनि भण्डारीलाई प्रहरीले आज समातेको हो । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत क्रिप्टो करेन्सीबाट वित्तिय कारोबार गरेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको बताएको छ । 

भण्डारीलाई राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा आवश्यक कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू