नयाँ बर्ष नलाग्दै भटाभट ठूला माछामाथि अख्तियारको हात

नयाँ बर्ष नलाग्दै भटाभट ठूला माछामाथि अख्तियारको हात

नेपाल वायुसेवाका निम्ति २ वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइनेमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनबहादुर शाही र एनसेलको सिइओ नियुक्त हुनै लागेका वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता शाही हाल सो पार्टीको कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पनि हुन् ।  

अख्तियारले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले यसबारे केहीबेरमा थप जानकारी दिने बताए । 

वायुसेवा निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद अघि बढाउँदा कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो । तर, 'वाइडबडी काण्ड'का रुपमा चर्चित यस प्रकरणको छानविन भने अघि बढेको थिएन ।
 

टिप्पणीहरू