'द रेड सुटकेस'मा सृष्टिको बुलाकी लुक्स

'द रेड सुटकेस'मा सृष्टिको बुलाकी लुक्स

'भेनिस फिल्म फेस्टिभल'बाट चर्चामा आएको नेपाली चलचत्रि 'द रेड सुटकेस'को  ट्रेलर सार्वजनिक भएको छ । 

आगामी चैत ३० गतेदेखि रिलिज हुने भनिएको यस चलचित्रको ट्रेलर आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । आइसफल प्रोडक्शनको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठ र प्रविण खतिवडाको मुख्य भूमिका रहेको छ । 

फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् । सार्वजनिक भएको ट्रेलरलाई अरु चलचित्रभन्दा फरक क्राफ्टमा देखाउन खोजिएको छ भने अभिनेत्री सृष्टि बुलाकी लुक्समा देखिएकी छन् ।

टिप्पणीहरू