सिंहदरबारमा ‘उडायो सपना सबै हुरीले’

सिंहदरबारमा ‘उडायो सपना सबै हुरीले’

गायक, संगीतकार तथा कलाकार मुरलीधर सिंहदरबार पुगेका छन् । उनी आज रेडियो नेपालको ७४ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

कलाका धेरै विधामा आफूलाई अब्बल सावित गर्न सक्ने कममध्येका एक कलाकार मुरलीधर लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका छन् । 

पछिल्लो समय बलिउडमा जमे पनि उनले करिअर नेपालबाटै थालनी गरेका थिए । मुरलीधर स्वयम्ले लेखेको, गाएको र संगीत भरेको ‘उडायो सपना सबै हुरीले’ बोलको चर्चित गीत नसुन्ने नेपाली सायदै भेटिएलान् । 

यसका साथै उनका ‘चिसो चिसो सिरेटोमा’, ‘निष्ठुरीलाई माया गरी’, ‘यो नजरको बयान म गरूँ कसरी’ लगायत नेपाली गीतहरु पनि चर्चित छन् । 

मुरलीधरले दर्जनौं नेपाली चलचित्रमा पनि काम गरिसकेका छन् । ‘सम्झना’,  ‘मालती’, ‘सन्देश’, ‘साइनो’, ‘भैरव’ सर्वाधिक हिट भएका थिए । ‘काँडेतार’ चलचित्र उनको पछिल्लो रिलिज हो ।

बलिउडमा पनि मुरलीधर निकै लोकप्रिय छन् । उनको गीत ‘इतनी शक्ति हमे देना दाता’ लाई अहिले भारतका विद्यालयहरुमा प्रार्थना गीत बनाइएको छ । उनले ‘गङ्गाधाम’, ‘कालिका’, ‘भवानी शङ्कर’, ‘मिस्टर इन्डिया’ लगायत हिन्दी चलचित्रमा पनि भूमिका निभाइसकेका छन् ।
 

टिप्पणीहरू