राष्ट्रपतिलाई खेलकुदको निम्तो

राष्ट्रपतिलाई खेलकुदको निम्तो
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निम्तो हस्तान्तरण गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले शीतल निवास पुगेर राष्ट्रपतिलाई निमन्त्रणा पत्र प्रदान गरेका छन् । 

राखेपको आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख आतिथ्यका लागि आमन्त्रण गरिएको बताइएको छ । निम्तो प्रदान गर्न राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेलको उपस्थिति थियो ।

राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुँदै छ । प्रतियोगितामा सातै प्रदेशबाट आठ सय पाँच खेलाडीको सहभागिता रहने छ ।

टिप्पणीहरू