चीन–दक्षिण एसिया एक्सपोबाट नेपाल–चीन व्यापार

प्रवद्र्धन हुने आशा राखेका छौं :  नेपालका उपराष्ट्रपति

चीन–दक्षिण एसिया एक्सपोबाट नेपाल–चीन व्यापार सातौं चीन–दक्षिण एशिया एक्सोअन्तर्गत नेपाल थिम मण्डप उद्घाटन समारोहमा नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार । तस्बिर ; युन्नान डेली
सुन्नुहोस्

‘चीन–दक्षिण एसिया एक्सपोले नेपाली उत्पादनहरू चिनियाँ बजारमा प्रवेश गर्नलाई सहज बनाउने, दुई देशबीचको व्यापार सम्बद्र्धन गर्ने र लगानी विस्तार गर्ने अपेक्षा गरिएको छ ।’ अगस्ट १६ का दिन कुनमिङमा सातौँ चीन–दक्षिण एसिया एक्स्पोको उद्घाटन तथा नेपाल थिम अर्थात् शीर्षक देशको भवन उद्घाटन समारोहमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भने, नेपाल र चीनबीच राजमार्ग, रेलमार्ग, सीमावर्ती पूर्वाधार र व्यापार आदानप्रदानका क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्न सकिन्छ र नेपालमा सञ्चार प्रविधि, विनिर्माण, ऊर्जा, वास्तु र उच्च वैज्ञानिक प्रविधि उद्योगमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आमन्त्रण गरिएको छ । 

पाँच दिने यस वर्षको चीन–दक्षिण एसिया एक्सपोमा, जम्मै ३४२ लगानी परियोजनाहरूमा हस्ताक्षर गरिएको छ र ४ खर्ब १२ अरब ६५ करोड ४ लाख चिनियाँ युआनको रकम छ ।  यस वर्षको चीन–दक्षिण एसिया एक्सपो कोभिड–१९ महामारीपछि पहिलो पटक पूर्ण रूपमा अफलाइन आयोजित भएको हो र ८५ देश, क्षेत्र र अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू र अतिथिहरूलाई आकर्षित गरेको छ । अनलाइन र अफलाइनका प्रदर्शनीमा ३० हजारभन्दा बढी व्यापार कम्पनीहरूको सहभागिता छ । तीमध्ये ७० वटा नेपाली व्यापार कम्पनीले करिब १०० बुथ बनाएका छन् ।   

‘यस वर्षको चीन–दक्षिण एसिया एक्सपोको थिम देश नेपाल हो, धेरै नेपाली व्यापारीहरू यो एक्सपोसँग अपरिचित छैनन्, सबैको विचारमा, यो उत्तम प्लेटफर्म र अवसर हो,’ नेपाल–चीन वाणिज्य सङ्घका अध्यक्ष अनुप भट्टराईले भने । उनले चीन–दक्षिण एसिया एक्सपोले नेपाली उद्यमीहरू चिनियाँ उपभोक्ता बजारसँग अझ राम्रो चिनाजानी गर्न एउटा ढोका पनि खोल्ने बताए ।   

पहिलोदेखि सातौँ एक्सपोसम्म प्रदर्शनी हलहरूको संख्या ६ देखि १५ सम्म बढेको छ, प्रदर्शनी क्षेत्र ५१ हजार १ सय वर्गमिटरदेखि १ लाख ५० हजार वर्गमिटरमा वृद्धि भयो । मेलामा सहभागी देश, क्षेत्र र अन्तर्राष्ट्रिय सङ्गठनहरूको संख्या ४२ देखि ८५ सम्म वृद्धि भयो । चीन र दक्षिण एसियाली देशहरूबीचको  आर्थिक र व्यापारिक सहयोगको निरन्तर वृद्धि साबित भयो । 

२०१३ सालमा ‘बेल्ट एण्ड रोड’ पहल प्रस्तावित भएपछि पहिलो चीन–दक्षिण एसिया एक्सपो कुनमिङमा बस्यो । त्यसबेला चीन र दक्षिण एसियाका देशहरूबीचको कुल व्यापार १ खर्ब अमेरिकी डलरभन्दा कम थियो भने २०२२ मा यो आँकडा २ खर्ब अमेरिकी डलरको हाराहारीमा थियो । चीन दक्षिण एसियाली देशहरूको मुख्य व्यापारिक साझेदार हो र लगातार धेरै वर्षदेखि पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र अन्य देशहरूको सबैभन्दा ठूलो व्यापरिक साझेदार पनि हो ।  

(युन्नान डेली)

 

टिप्पणीहरू