बैठकअघि च्यासलमा 'ह्याप्पी होली'

बैठकअघि च्यासलमा 'ह्याप्पी होली'
सुन्नुहोस्

नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नुअघि एक-अर्कामा रङ दलेर नेताहरुले होलीको खुशी साटासाट गरेका हुन् । अहिले बैठक जारी छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी उपचुनावका विषयमा छलफल हुने बताइएको छ । साथै, राष्ट्रिय प्रतिनिधि परिषद्को तयारीबारे पनि कुराकानी हुनेछ ।
 

टिप्पणीहरू