बिहेपछि झन् खुल्दै आँचल

बिहेपछि झन् खुल्दै आँचल
सुन्नुहोस्

दर्शकमा क्रेज घट्ने डरले प्रायः नेपाली अभिनेत्रीहरु आफ्नो वैवाहिक सम्बन्धलाई गुपचुप नै राख्छन् । कतिपयको हकमा बिहे भएर डिभोर्स भइसकेको हुन्छ, तर दर्शकलाई पत्त हुँदैन । 

तर, अभिनेत्री आँचल शर्मा भने अपवाद छिन् । उनी बिहेपछि झन् खुल्दै गएको देखिन्छ । एउटा अन्तर्वार्तामा आँचलले भनेकी छन्, 'लक्कीली उदिपजी (श्रीमान) डाक्टर हुनुहुन्छ, धनी हुनुहुन्छ । कुन युवतीको चाहना हुँदैन र आफ्नो श्रीमान धनी परोस् भन्ने ! यस कुरामा म आफूलाई भाग्यमानी ठान्छु ।' 

उनै आँचल यतिबेला भने चलचित्र 'डिग्र्री माइलाः एमए थर्ड क्लास'को लागि दौडधुप गरिरहेकी छिन् । फिल्मको पोस्टर, टिजर र गीत क्रमश: सर्वाजनिक भइरहेको छ । 

म्युजिक भिडियो हुँदै चलचित्रमा डेब्यु गरेकी उनको अहिलेसम्म करिब आधा दर्जन चलचित्र रिलिज भइसकेको छ । तर, कुनैपनि चलचित्रले 'हिट'को ट्याग भने पाएको छैन । त्यसकारण 'डिग्री माइला'लाई हिट बनाउने उनको प्रयास छ । 

यस चलचित्रमा आँचलले अभिनेता दयाहाङ राईसँग स्क्रीन शेयर गरेकी छन् । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । गुरुङ उनै निर्देशक हुन्, जसले ब्लकबस्टर 'कबड्डी'को चार वटा सिरिज निर्देशन गरेका थिए । 

उनले निर्देशन गरेको 'फूलबारी'ले पनि बक्स अफिसमा राम्रै कलेकश्न गरेको थियो । यसरी समग्रमा गुरुङ हिट चलचित्र दिने निर्देशकको सूचीमा पर्छन् । उनै निर्देशकसँग काम गरिरहेकी आँचल खुशी त छिन् नै, निकै आशावादी पनि देखिन्छिन् । 

उनको आशालाई चलचित्रले कत्तिको पूरा गर्ला ? त्यो थाहा पाउन भने नयाँ वर्षसम्म कुनुपर्ने हुन्छ । त्यतिन्जेलसम्म दर्शकको ध्यान आफैतिर केन्द्रित राखिराख्न होला, आँचले फेसबुक र इन्स्टामा दिनानुदिन बोल्ड तस्वीरहरु शेयर गरिरहेकी छन् ।

टिप्पणीहरू