रजनीकान्त र शाहरुखलाई उछिन्दै यश

रजनीकान्त र शाहरुखलाई उछिन्दै यश

'केजिएफ' फेम्ड अभिनेता यशले पारिश्रमिकको मामलामा ऐतिहासिक रेकर्ड बनाएका छन् । एक सय ५० करोड भारु पारिश्रमिक लिएर उनी भारतका सर्वाधिक महंगा अभिनेता बनेका हुन् । 

यो पारिश्रमिक उनले चलचित्र 'रावायण'को लागि लिएका हुन् । बहुप्रतिक्षित 'रावायण'मा रणविर कपुर 'राम' र साइ पल्लवी 'सीता'को भूमिका देखिदैछन् । नितेश तिवारीले निर्देशन गर्न लागेको यस चलचित्रमा खलनायकको भूमिकामा छन्, यश  । अर्थात् उनी 'रावण'को भूमिका निर्वाह गर्दैछन् । 

रोचक के छ भने, बलिउडको इतिहासमा 'हिरो' भन्दा 'भिलेन'ले ज्यादा पारिश्रमिक लिएको यो पहिलो चलचित्र बन्दैछ । रणविरले यो चलचित्रको लागि ७० करोड भारु लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर यशले भने त्योभन्दा दोब्बर बढी लिएका हुन् । 

यसअघि अभिनेता रजनीकान्तले चलचित्र 'लालसलाम'मा एक मिनेटको एक करोडका दरले पारिश्रमिक लिएका थिए । चलचित्रमा करिब ४० मिनेट छाएका उनले ४० करोड लिए । 

अभिनेता शाहरुख खानले पनि पछिल्ला दुई चलचित्र 'जवान' र 'पठान'बाट सय करोड पारिश्रमिक लिएका थिए । तर, अहिले सबैको रेकर्ड तोडदै सर्वाधिक महंगो पारिश्रमिक पाउने कलाकारका रुपमा यशले आफ्नो नाम लेखाउन सफल भएका छन् । 

युवापुस्तामा यशको राम्रो क्रेज छ । दर्शकहरुले उनलाई 'रक्कीभाई' नामले पनि चिन्ने गर्छन् । उनको 'केजिएफ: पहिलो च्याप्टर'ले १५ सय करोड र 'केजिएफ: दोश्रो च्याप्टर'ले एक हजार ६ करोड कमाएको थियो ।

टिप्पणीहरू