सीआईबी प्रमुखमा एआईजी श्याम ज्ञवालीको सरुवा, किरणलाई कार्य विभाग

सीआईबी प्रमुखमा एआईजी श्याम ज्ञवालीको सरुवा, किरणलाई कार्य विभाग

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को नेतृत्व हेरफेर गरिएको छ । 

आज अपरान्ह बसेको क्याबिनेट बैठकले प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागमा रहेका एआईजी श्याम ज्ञवालीलाई सिआइबीको जिम्मेवारी दिइएको छ । हालका प्रमुख एआईजी किरण बज्राचार्य कार्य विभाग सरुवा भएकी छन् । 

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले गरेको सिफारिसबमोजिम क्याबिनेटले यस्तो निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।

बज्राचार्यकै नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा काण्ड, सुन तस्करी, क्रिप्टो करेन्सी, रामबहादुर बमजनको गिरफ्तारी, बाँसबारी जग्गा हिनामिना प्रकरणलगायत ठूला भ्रष्टाचार र अपराधका काण्डको अनुसन्धान भएको थियो । तर, सुन तस्करी प्रकरणका केही आरोपितलाई सिआईबीले जोगाउन खोजेको आरोप लागेको छ ।

टिप्पणीहरू