पल शाह र समीक्षा अधिकारी एकै ठाउँमा

पल शाह र समीक्षा अधिकारी एकै ठाउँमा
सुन्नुहोस्

अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी लामो समयपछि एकै ठाउँमा देखिएका छन् । उनीहरुले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ को १४औं संस्करणमा एउटै स्टेजमा पुगेर पुरस्कार थापेका हुन् । 

पलले ‘जाम माया’ बोलको गीतबाट ‘बेष्ट पपुलर अवार्ड’ पाएका हुन् । उनले अन्य गीतमा पनि नृत्य प्रस्तुत गरेका थिए । उनी अवार्डको लागि भनेरै हिजो बिहान काठमाडौँ आएका थिए । केही दिनयता पुजार सार्कीको छायांकन र मेला महोत्सवमा व्यस्त रहेको बताउँदै उल्लेख गरेका छन्, ‘यहाँबाट सिधै पोखरा जाँदैछु । अब ४÷५ दिन जति हुन्छ होला फिल्मको सुटिङ । त्यसपछि महोत्सवको सेड्युल छ ।’ 

हिजो आयोजित अवार्ड समारोहमा समीक्षाले पनि ‘पोखरा बगरमा’ बोलको गीतबाट उत्कृष्ट लोक दोहोरी गायिकाको पुरस्कार पाएकी हुन् । उनले ‘नबोली नबोली’ बोलको गीत गाएकी थिइन् ।

टिप्पणीहरू