प्रहरी प्रमुखकै फोटो धम्कीमा प्रयोग

प्रहरी प्रमुखकै फोटो धम्कीमा प्रयोग

बाँसबारी जग्गा प्रकरणमा चौधरी ग्रुपका मूली विनोदलाई बयानमा उभ्याउने प्रण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) की प्रमुख किरण बज्राचार्यले गरेकी छन् । तर, अहिले किरणसहित प्रहरीका पूर्वआइजीसम्मको नाममा ठग्नेहरू सल्बलाएका छन् ।

देश–दुनियाँका ठगलाई ठीक पार्ने प्रहरीका हाकिमकै नाममा ठगी हुन्छ भन्दा पत्याउन मुश्किल हुन्छ । तर, महानिरीक्षक बसन्त कुँवरको सचिवालयमा दर्ज भएको एउटा उजुरीमा लेखिएअनुसार ‘नम्बर पाकिस्तानको छ, म फलानो हुँ भनी नेपाली प्रहरी अधिकृतको नाम र फोटो देखाइएको छ ।’

नेपालको तराई क्षेत्रमा त्यस्ता ठगहरू केन्द्रित हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसरी ठग्नका लागि फोन गर्नेहरू कसैले पाकिस्तान त कसैले लण्डनतिरको नम्बर प्रयोग गरेका छन् । उनीहरूले पूर्वआइजिपी शैलेश थापादेखि अहिलेका बसन्त कुँवरसम्मको फोटो ह्वाट्सएप नम्बरमा प्रयोग गरेको पाइएको छ । ‘पीडितलाई दिनुपर्ने पैसा देऊ, नत्र म सिआइबी अफिसर...’ भन्दै विभिन्न व्यक्तिलाई फोन जान थालेपछि पीडितहरू प्रहरी प्रधान कार्यालयमा पुगेका थिए । प्रहरीस्रोत भन्छ, ‘त्यस्ता कलका प्रयोगकर्ता को हुन् भन्ने हेरिँदैछ । तराईतिर प्रयोग भएको सम्भावना छ ।’

उता, बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जमिन कीर्ते गरी नामसारी गर्ने चौधरी परिवारका मूली विनोदसँग सिआइबीले बयान लिने भएको छ । पक्राउ परेका कान्छा भाइ अरुणलाई जिल्ला अदालत काठमाडौंले नाटकीय पारामा रिहाईको आदेश दिएपछि ठूला चौधरी दक्षिणी मुलुकतिर लागेका थिए । त्यहाँबाट कुनै न कुनै दबाब सिर्जना गराई अनुसन्धानबाट मुक्त हुने प्रयास असफल भएपछि थप अनुसन्धानका निम्ति सिआइबी अग्रसर भएको हो । उक्त विषयमा मालपोतका कर्मचारीसहित त्यसमा संलग्न सबै पक्षको क्रमशः बयान लिइँदैछ । 

त्यसो त प्राविधिक पक्षबाट अनुसन्धान गर्ने सन्दर्भमा सिआइबी आफैं समस्यामा छ । ऊसँग मोबाइल फोन प्रयोगकर्ताको पहिचान गर्न सकिने सिम लोकेटर, क्रिप्टो कारोबारी पत्ता लगाउने उपकरणसहित ब्लक चेन अनालाइसिस नहुँदा समस्या भएको हो । फलतः कतिपय अनुसन्धान फितलो हुँदै गएका छन् । जस्तो– ललिता निवास प्रकरणमा मारवाडी समुदायको होस–हवास उडेको थियो । तर, मुद्दा उन्मुक्ति दिने गरी अगाडि बढाइयो । अवैध क्रिप्टो करेन्सीको कारोबारमा जुन फोन डिएसएनमा पठाउनुपथ्र्यो, त्यसलाई खल्तीमा राखिएको छ ।  
 

टिप्पणीहरू