कुकुर र बिरालोको बन्ध्याकरणका साक्षी जनप्रतिनिधि

कुकुर र बिरालोको बन्ध्याकरणका साक्षी जनप्रतिनिधि

काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरणलाई तीव्रता दिएको छ । पछिल्लो चार महिनामा झण्डै पाँच हजार सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको बताइएको छ । 

महानगरका मेयर बालेन्द्र साह (बालेन) का अनुसार एक सय २० दिनमा लगभग चार हजार ९३८ सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको छ । यस्तै, ११ हजार ३०८ वटा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप दिइएको छ । 

‘हामीले सोचेजस्तो धेरै कुकुर र बिरालोको संख्या भेटिएन । टोलमा भेटिएका कुकुर, बिरालाहरुलाई वडाका प्रतिनिधिको रोहबरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्थापना गरिरहेका छौं,’ मेयर बालेनले भने, ‘बन्ध्याकरण गरिएका कुकुर, बिरालोमा एअर नोच (कानमा सानो चिन्ह) लगाइएको छ ।’

सामुदायिक कुकुर र बिरालोको संख्या सीमित गर्नु र तिनीहरुका लागि उचित वासस्थानको व्यवस्थापन मिलाउनु महानगरको लक्ष्य रहेको उल्लेख गर्दै उनले एअर नोच नभएका कुकुर, बिरालो देखिएमा महानगरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
 

टिप्पणीहरू