विदेश छँदा पुरस्कृत, स्वदेश आएपछि सम्मानित

विदेश छँदा पुरस्कृत, स्वदेश आएपछि सम्मानित
सुन्नुहोस्

प्रेस काउन्सिल नेपालका पूर्वसदस्य तथा पत्रकार सुदर्शन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त सम्मान ग्रहण गरेका छन् । सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत उनलाई पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गरिएको बेला विदेशमा रहेका उनले सोही पुरस्कार काठमाडौं आएपछि ग्रहण गरेका हुन् ।

आचार्यलाई अख्तियारको ३३औँ स्थापना दिवसका अवसरमा माघ २८ गते आयोजित कार्यक्रमवीच पुरस्कृत घोषणा गरिएको थियो । पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएवापत आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । 

सुशासन सम्बन्धमा कलम चलाउँदै आएका उनले त्यो बेला अष्ट्रेलियामा रहेकाले समारोहमा उपस्थित हुन नसकेको बताए । उनी प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व सभापति पनि हुन् ।

टिप्पणीहरू