अघिल्लो पटक लखनौ लुट, फेरि गर्न एकजुट

अघिल्लो पटक लखनौ लुट, फेरि गर्न एकजुट

लाखौं रकम हिनामिना गरेको रुकुम उद्योग वाणिज्य संघको हिसाबकिताब मिलान नहुँदै फेरि अर्को महोत्सव आयोजना गरिएको छ । २०७३ सालको रुकुम महोत्सवमा ठूलो रकम पदाधिकारीबाटै हिनामिना भएपछि लामो समयसम्म संघ विवादित बनेको थियो । ७ वर्ष बितिसक्दा पनि हालसम्म यथार्थ आयव्यय सार्वजनिक भएको छैन । यस्तै पृष्ठभूमि मुसिकोटमा अर्को सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना गर्न लागिएको हो । 

व्यवसायी पहलबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय अन्तरिम समिति मार्फत् छानबिन गरिए पनि उक्त समितिले पनि वास्तविक खर्च विवरण बाहिर ल्याउन सकेन । अघिल्लो महोत्सव सञ्चालन गर्दा अध्यक्षमा टेकबहादुर पुन थिए भने अहिले छानबिन समितिको संयोजक बनिसकेका पलबहादुर आफैँ अध्यक्ष छन् । 

त्यसबेलाको कागजात नभेटिएपछि पूर्वपदाधिकारीहरूले दिएको मौखिक सूचनालाई नै आधार मानेर हिसाब गर्दा ४९ लाख आम्दानी र ५० लाख खर्च भयो भनिएको थियो । तर, करिब ७५ लाख हाराहारी संकलन भएको बताइन्छ । आम्दानीभन्दा खर्च बढी भयो भनेपछि ठूलो आर्थिक अपारदर्शिता भएको भन्दै केही वर्ष उद्योग वाणिज्य संघ तालाबन्दीदेखि अस्तव्यस्तसमेत बनेको थियो । उठेको रकमले एम्बुलेन्स किन्नेलगायत विभिन्न घोषणा गरेर सहभागीबाट टिकटलगायत अन्य शीर्षकमा पैसा संकलन गरिएको थियो । 
 

टिप्पणीहरू