निर्मला पन्तको झैँ गिजोलिन लाग्यो चितवनको शालिन काण्ड

निर्मला पन्तको झैँ गिजोलिन लाग्यो चितवनको शालिन काण्ड

चितवनको रत्ननगरमा गत शनिबार भएको स्कूले बालिकाको शंकास्पद मृत्युले सामाजिक सञ्जाल तताएको छ । स्थानीय एकता शिशु निकेतन विद्यालयकी १४ वर्षीया शालिन पोखरेलको शव होस्टल कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

उनीसँगै उक्त कोठामा पाँच जना केटीहरु रुम पार्टनर थिए । उनको मृत्यु हत्या कि आत्महत्या भन्ने सम्बन्धमा परस्परविरोधी धारणा बाहिर आएको छ । बालिकाको  बुबा दीपेन्द्र पोखरेलले घटना शंकास्पद रहेको दावी गरेका छन्  ।

यता प्रहरीले भने बालिकाको शवसँगै सुसाइड नोट फेला परेको जनाएको छ । शव चितवनमा गर्दा चित्त नबुझ्ला भनेर पोष्टमार्टमको निम्ति काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ । बलात्कार भए पोष्टमार्टम रिपोर्टमा देखिने प्रहरीको भनाई छ । चितवन प्रहरी भन्छ, ‘अनुसन्धान जारी रहेकाले त्यसअघि केही भन्न मिल्दैन ।’ 

प्रहरीले पनि हालसम्म उक्त घटनाबारे विज्ञप्ति जारी गरेको छैन । तर, युट्युबरलगायतले सामाजिक सञ्जालमा चर्को र एकतर्फी हल्ला गरेपछि उक्त घटना पनि यसअघि कञ्चनपुरमा निर्मला पन्तको शंकास्पद मृत्युझैँ गिजोलिन सक्ने आशंका बढ्दो छ । निर्मलाको मृत्युको कारण अहिलेसम्म खुलेको छैन । 

गोरखाका पोखरेल र उनकी श्रीमती छोराछोरी पाल्न नसक्ने भन्दै छुट्टिएर अलग बस्दै आएका थिए । बुबा दीपेन्द्र र छोरी शालिनबीच झण्डै एक वर्षदेखि कुनै सम्पर्क र भेटघाट नभएको बुझिएको छ । छोरीको मृत्युको खबरपछि उनी चितवन पुगेका छन्  ।

टिप्पणीहरू