एमसिसीको प्रगति विवरण बुझ्न उपाध्यक्ष ब्रुक्स मध्यराती काठमाडौंमा

एमसिसीको प्रगति विवरण बुझ्न उपाध्यक्ष ब्रुक्स मध्यराती काठमाडौंमा

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का भाइस प्रेसिडेन्ट जोनाथन अल्बर्ट ब्रुक्स काठमाडौं आइपुगेका छन् ।

उनी क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६०३ मा राति साढे ११ बजे हङकङ हुँदै आएको बुझिएको छ ।

 ब्रुक्स नेपालमा कार्यान्वयनमा रहेको एमसिसी परियोजनाको प्रगति विवरणबारे जानकारी लिन आएका हुन् ।

उनले काममा भइरहेको ढिलाइबारे एमसिए नेपालसँग छलफल गर्ने छन् । त्यसैगरी  सरकारी अधिकारीहरुसँग पनि उनको भेटघाट कार्यक्रम तय भएको छ ।

टिप्पणीहरू