काँडेतार चलाउन काठमाडौँमा हस्ताक्षर अभियान

काँडेतार चलाउन काठमाडौँमा हस्ताक्षर अभियान

 'काँडेतार'बाट कमब्याक गर्न लागेका निर्माता नवल खड्काले सिमानामा सिनेमा प्रदर्शन गराउन हस्ताक्षर संकलन थालेका छन् । 

नेपाल-भारतका सीमा क्षेत्रमै पुगेर हस्ताक्षर अभियान चलाएका उनले आजदेखि काठमाडौँमा हस्ताक्षर संकलन शुरु गरेका हुन् । आज दिउँसो नवलसहित चलचित्रका कार्यकारी निर्माता सत्यकला राई र केही कलाकारहरु हस्ताक्षर जुटाउन शान्तिवाटिका पुगेको थियो । 

हस्ताक्षर संकलन पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बुझाउने चलचित्रको निर्माण कम्पनी सामना फिल्मसले जनाएकोे छ । 

काँडेतार नेपाल-भारतको सीमा क्षेत्रको समस्यालाई प्रस्तुत गरिएको चलचित्र हो । नवलसहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधरलगायतले चलचित्रमा अभिनय गरेका छन् । 

स्मरण रहोस्, काँडेतार आगामी फागुन २५ गतेबाट रिलिज हुँदैछ । केही दिनअघि ट्रेलर सार्वजनिक कार्यक्रममा नवलले अभिनेत्री रेखा थापामाथि जानी-जानी चलचित्र 'उपहार' जुधाएको भन्दै आक्रोश पोखेपछि एकछिन कार्यक्रम नै तनावग्रस्त बनेको थियो ।
 

टिप्पणीहरू