गल्ती सच्याउँदा कसैको उचाइ घट्दैन

गल्ती सच्याउँदा कसैको उचाइ घट्दैन
सुन्नुहोस्

जनआस्था सत्यतथ्य समाचार प्रकाशनमा तीन दशकदेखि निरन्तर क्रियाशील छ । तर, राजनीतिलाई भर्‍याङ बनाउँदै आफ्नो निहित स्वार्थपूर्ति गर्नेहरुले त्यस्ता तथ्यप्रति आँखा  चिम्लिएर जनआस्थामाथि अनेक लाञ्छना लगाउने गरेका छन् ।

मूलतः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेता, उसका विभिन्न भ्रातृ संघ संगठनमा आवद्ध नेता तथा कार्यकर्ताहरु पछिल्लो समय आर्थिक तथा चारित्रिक मामिलामा च्यूत हुँदा पनि अनुशासनको पालना नभएको कार्यकर्ताको गुनासो र  प्रमाणसहितका समाचार जनआस्थाले प्रकाशित गरेको छ । 

गताङ्कमा ‘को को कमरेडमाथि छिट्टै हुँदै छ एमालेबाट कारबाही ?’ शीर्षकअन्तर्गत प्रकाशित समाचारलाई लिएर एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी युवा संघमा मनोनीत ती केन्द्रीय सदस्यले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेकी थिइन् । शनिबार बिहान जनआस्थासँगको मेसेञ्जर संवादमा रोमनमा समेत राम्रोसँग लेख्न नसकेकी उनै महिलाले राति साढे ९ देखि झण्डै दुई घण्टासम्म नेपाली र अंग्रे्रेजी भाषामा बडो कलात्मक र शुद्ध स्टाटस र म्यासेज लेखेर धम्कीपूर्ण भाषा बोलेकी थिइन् । 

जनआस्थाले फेला पारेको लोकेशनअनुसार ती महिला राति राजधानी बाहिरबाट म्यासेज लेख्दै थिइन् भने उनलाई नेता बस्नेतले छेवैबाट लेखनमा सहजीकरण गरिरहेका थिए । आधिकारिक रुपमा हालसम्म चार जनासँग विवाह गरिसकेकी शोभा पाठकसँग होटलमा सँगै रहेका बस्नेतले उनकै फोनबाट जनआस्थासँग ‘लडाईं’ शुरु भएको घोषणा गरेकोे म्यासेज सुरक्षित छ । भलै पाठकमाथि मंगलबार दिउँसो नयाँ बानेश्वरमा सांघातिक आक्रमण भएको छ । आक्रमणपछि मोबाइल लुटेर लगिएकाले त्यसमा भएको सबै प्रमाण नष्ट भएको र आफूलाई घाइते बनाइएको लिखित उजुरी शोभाले प्रहरीमा दर्ता गराएकी छन् ।

प्रायः महिलाकै कारण चौतर्फी घेरामा पर्दै आएका बस्नेत केही समयअघि बाराको निजगढमा पनि एउटी महिलासँगको सम्बन्धका कारण रातारात काठमाडौं फर्कन बाध्य भएका थिए । आफूहरुको सहयोगमा उनलाई सुरक्षितसाथ काठमाडौं पठाइएको प्रेस चौतारीका स्थानीय नेताहरु अहिले पनि बताउँछन् । युवा संघमा साह थरकी नेतृसँग दिउँसो संघको कार्यक्रम सकाएपछि रात बिताउने सुरसार चल्दाचल्दै महिलाहरुको एउटा समूह नाराबाजी गर्दै होटल पुगेको थियो ।

एक वर्षअघि आयोजित युवा संघको कार्यक्रममा सहभागी बस्नेतलाई महिलाहरुको विरोधका कारण होटलबाट छुटाएर रातारात काठमाडौं पठाइएको चौतारीका स्थानीय नेताहरुले जानकारी दिएका छन् । उनलाई जोगाउन निजगढका एमाले कार्यकर्ताहरुलाई समेत हम्मेहम्मे परेपछि कलैयाका नाम चलेका एक जना पत्रकार राति नै त्यहाँ पुगेका थिए । उनैले भने, ‘खै के भनौं, ती महिला पनि बस्नेत भनेपछि हुरुक्कै हुने रहिछन् ।’

शोभा उर्फ जानुका पाठकको कहानी निकै लामो छ । जानुकालाई लिएर बस्नेत पटक पटक दिल्ली जाउआउ गरेका थिए । प्रसूतीसम्बन्धी उपचारको निम्ति त्यहाँ जाँदा बस्नेतसँगै शोभा पनि भारतीय जनता पार्टीका नेताहरुसँगको भेटघाटमा उपस्थित भएका फोटा सामाजिक सञ्जालमा हालिएको थियो ।

भारतीय हिन्दू अतिवादी संगठन आरएसएसका नेताहरु काठमाडौं आउँदा उनै शोभाको बास होटल द्वारिकाजमा हुने गरेको थियो । 2023 november 25 को दिन RA 0217 को उडानबाट पर्यटन/धार्मिक यात्राका नाममा सिरियल नम्बर 131 बाट महेश बस्नेत (PP No 11071928) र 138 बाट जानुका (शोभा) पाठक (पासपोर्ट नम्बर 11370279) ले 12:17 र 12:15 बजे गरी २ मीनेटको अन्तरमा दिल्लीका लागि चेक इन गरेको रेकर्ड एमाले महासचिव शंकर पोख्रेलस“ग सुरक्षित छ । एमाले, माओवादी, एकीकृत समाजवादीलगायत राजनीतिक दलका केन्द्रीयदेखि जिल्लास्तरीय नेता तथा प्रभावशाली कार्यकर्ता प्रायःसँग खिचिएका फोटा सामाजिक सञ्जालमा हाल्नु पाठकको दैनिकी नै थियो । 

महेश र शोभाको भेट कहिलेकाहीँ ठमेलस्थित कर्मचारी सञ्चय कोषको भवनअगाडि चार तल्ला माथिको भिआइपी लाउञ्जमा हुने गथ्र्यो । सुविधासम्पन्न उक्त लाउञ्ज धादिङका गुण्डा नाइके चरीका दाइ ध्रुव अधिकारीले चलाएका हुन् । 

यसबीच महेशसँग एमाले केन्द्रीय सदस्य सञ्जिव झा पनि जोडिएका छन् । भारतीय दूतावाससँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै आएका उनै झा बागलुङकी युवतीसँग लिभिङ टुगेदरमा बस्दै आएको बताइन्छ । तर, पछिल्लो समय उनीहरुबीच पनि मनमुटाव बढेको स्रोतको दाबी छ ।

यो पनि...

१ को–को कमरेडमाथि छिट्टै हुँदै छ एमालेमा कारबाही ?

२  ‘बा’ले त्यसोभन्दा शोभा बेचैन

३ महेश बस्नेतलाई मेरो राजा भन्ने शोभामाथि साँघातिक हमला

टिप्पणीहरू