दोस्रो नम्बरका बराल त्रिविको उपकुलपति नियुक्त

दोस्रो नम्बरका बराल त्रिविको उपकुलपति नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वविद्यालयको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको जनाइएको छ । त्रिविको इतिहासमै पहिलोपटक खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्त गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले गत पुस २३ मा उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएका ४२ जनाबाट उनीहरूले पाएको अंकका आधारमा १४ जना हुँदै तीन जना अन्तिम तीनमा छानिएका थिए । 

छनोटमा परेका चित्रबहादुर बुढाथोकी,केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं कुलपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो । जसमा दोस्रो नम्बरका बराल उपकुलपति नियुक्त भएका हुन् ।

टिप्पणीहरू