ओलीले भनेको भन्दा बेग्लैलाई बिश्वबिद्यालय जिम्मा

ओलीले भनेको भन्दा बेग्लैलाई बिश्वबिद्यालय जिम्मा
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै उपकुलपति नियुक्त गर्ने तयारी छ । उपकुलपतिमा तीनजनाको नाम 

त्रिभुवन विश्व विद्यालयको इतिहासमै पहिलोपटक खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो । समितिले गत पुस २३ मा उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएका ४२ जनाबाट उनीहरूले पाएको अंकका आधारमा १४ जना हुँदै तीन जना अन्तिम तीनमा छानिएका थिए । समितिले चित्रबहादुर बुढाथोकी,केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं कुलपतिसमक्ष सिफारिस गरेको थियो । उनीहरुमध्ये पहिलो नम्बरमा रहेका बुढाथोकीको उपकुलपति बन्ने सम्भावना बढी रहेको बताइन्छ ।

'राजनीतिमा पो सजिलो छ । रवि लामिछाने, स्वर्णिम वाग्लेहरु अमेरिकाबाट आए सांसद मन्त्रीसम्म बने । तर,अहिलेकै अवस्थामा अमेरिका, बेलायतमा पढेका र उतै बसेकाहरु टियुको भिसी बन्न आउलान् त ?', 

राजनीतिक भागबण्डाले थिलथिलो बनेको विश्वविद्यालयको उपकुलपति नियुक्तिमा यसपटक लोकसेवाले निजामती कर्मचारीको जाँच लिएकै शैलीमा आवेदकहरुको योग्यता हेरिएको थियो । त्यसका लागि प्राध्यापकको अनुभव,पिएचडीको अंक,जर्नलमा प्रकाशित लेख र अनुसन्धानमूलक कार्य चार वटा विधालाई अलग–अलग अंकभार तोकेर प्राप्त अंकका आधारमा १ देखि १४ सम्मका आवेदक सर्ट लिष्टमा परेका थिए । विश्वविद्यालय योजना आयोगका अध्यक्ष देवराज अधिकारी, प्राध्यापक भीमदेव भट्ट, लोकसेवा आयोगको पूर्वअध्यक्ष कयादेवी यमी रहेको विज्ञ टोलीले उनीहरुको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम छानेको हो । 

छानिएका तीनै जना योग्य हुँदाहुँदै पनि निर्विवाद भने हुन सकेन । पहिलो नम्बरका बुढाथोकीले समग्र टियुको नेतृत्व गर्न सक्नेमा कतिपयले आशंका गरेका छन् । 'लो प्रोफाइल'का प्राध्यापक उनी यसअघि चर्चा र विवादमा नआएका मान्छे हुन् । प्राज्ञिक अनुभवका आधारमा योग्य ठहरिएका दोस्रो नम्बरका केशरजंग बराल भने विवादमा परेका पात्र हुन् । 

उनी अख्तियारको छानविनमा तानिएका थिए । अदालतबाट सफाई पाएकाले कानुनीरुपमा अप्ठेरो नभए पनि उनीमाथि लागेका नैतिक प्रश्न अझै मेटिएको छैन । एमाले अध्यक्ष केपी ओलीले तेस्रो नम्बरका विवादित व्यक्तिलाई उपकुलपति बनाउन लागेको भनेर बरालतर्फ नै संकेत गरेका थिए । पत्रपत्रिकाले तेस्रो नम्बरमा उनको नाम छापेको भए पनि सिफारिस समितिले उनको नाम दोस्रोमा राखेको छ । 

प्राज्ञिक अनुभव र रिसर्च पेपरमा बढी अंक पाएर उनी अन्तिम तीनमा परेको विज्ञ टोलीका एकजना सदस्यले बताए । ' उहाँको प्रेजेन्टेसन ठीकठाक थियो,तर, प्राज्ञिक अनुभव र रिसर्च पेपरमा बढी अंक पाएपछि उहाँले अरुलाई उछिन्नुभयो',उनले भने । 

तेस्रो नम्बरका टंक धमलाको भने व्यक्तित्व कमजोर मानिएको छ । यद्यपि उनी अन्तराष्ट्रियस्तरमा समेत विज्ञता कमाएका प्राध्यापक हुन् । यसअघि पोखरा विश्वविद्यालयको उपकुलपति भैसकेका उनी बौद्धिक हिसाबले उत्कृष्ट हुँदाहुँदै पनि 'माओवादी निकटता' को आरोप छ । 

१४ जनाको सर्ट लिष्टमा परेका तिर्थ खनिया उपकुलपति बन्ने चर्चा थियो । काँग्रेसको समर्थन पाएका उनी अन्य हिसाबले नेतृत्व लिनसक्ने क्षमताका मानिन्थे । तर,विज्ञहरुको मूल्यांकनमा कम अंक प्राप्त गरेपछि फालिएका हुन् । विगतका विवादले उनको अंक घटेको बताइन्छ । 

छनोट समितिका अनुसार कुलपति एवं प्रधानमन्त्री र सहकुलपतिसमेत रहेका शिक्षा मन्त्रीबाट कुनै दबाब थिएन । समितिका उनै सदस्य भन्छन्, 'कतिपय जिम्मेवार मान्छेले समेत उपकुलपति नियुक्ति प्रक्रियालाई लिएर सामाजिक सञ्जाल र पत्रपत्रिकामा आएका कुरा हेरेर सतही धारणा बनाइएको देखियो । तर,  प्रधानमन्त्री र शिक्षामन्त्रीले कुनै दबाब दिनुभएन । शिक्षामन्त्रीले त तीन जनाको नाम निकालिसकेपछि 'ए यस्तो भएछ है' भन्नुभएको थियो ।' 

त्यसो त, उपकुलपति एक्लैले चाहेर टियु सुध्रने अवस्था अहिले छैन । राजनीतिक दलका भातृ संगठनहरुले ताला लगाउने परिपाटी नतोडे जतिसुकै योग्य र बौद्धिक मान्छे आए पनि काम गर्न सक्दैन । भन्न त 'इन्टर्नेशनल एक्स्पर्ट' ल्याउनुपर्छ पनि भनिन्छ, तर अमेरिका,बेलायत बसेको विज्ञले त्यस्तो वातावरणमा विश्वविद्यालय कसरी चलाउला भन्नेतर्फ भने बहस भएको देखिंदैन ।  

'राजनीतिमा पो सजिलो छ । रवि लामिछाने, स्वर्णिम वाग्लेहरु अमेरिकाबाट आए सांसद मन्त्रीसम्म बने । तर, अहिलेकै अवस्थामा अमेरिका, बेलायतमा पढेका र उतै बसेकाहरु टियुको भिसी बन्न आउलान् त ?', शिक्षा मन्त्रालयका एक सहसचिव प्रश्न गर्छन् । दलहरुले वातावरण नबनाउने हो भने जतिसुकै क्षमतावानलाई उपकुलपति बनाए पनि टियु सुधार नहुने उनको बुझाई छ ।   

यता, मध्यपश्चिमाञ्चल र सुदूर पस्चिमाञ्चल विश्व विद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया विवादमा परेको छ । विश्वविद्यालय योजना आयोगका अध्यक्ष देवराज अधिकारी नेतृत्वको समितिले 'प्राज्ञिक अनुसन्धान'मा काम बढी अंकभार तोक्ने गरी कार्यविधि बनाएपछि नियुक्ति प्रक्रिया विवादित भएको हो । उत्कृष्टमध्येबाट पनि उत्कृष्टलाई विश्वविद्यालयको नेतृत्व दिन त्यस्तो कार्यविधि बनाइएको समितिको दावी रहे पनि विज्ञान र गणित पढेकाहरुले बढी  अंक ल्याउने अवस्था देखिएको भन्दै अरुले बिरोध गरेपछि कार्यविधि संशोधन गरेर प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

टिप्पणीहरू