‘पोर्न हिरो’ सँगैको विज्ञापनपछि रणवीरलाई तनाव

‘पोर्न हिरो’ सँगैको विज्ञापनपछि रणवीरलाई तनाव

बलिउड अभिनेता रणवीर सिंह एउटा विज्ञापनमा गरिएको अभिनयका कारण विवादमा परेका छन् । प्रोनोग्राफी (अश्लिल) चलचित्रका कलाकारसँग बोल्ड केयरको विज्ञापनमा खेलपछि उनी विवादमा मुछिएका हुन् । 

टेलिभिजनमा काम गर्ने केहीले रणवीरलाई टेलिभिजनको दुनियाँमा अहिलेसम्मकै अपमानित काम गरेको जनाउँदै आक्रोश पोखेका छन् । टेलिभिजनकर्मी रश्मी देसाइ भन्छिन्, ’रणवीरको यो कामले टेलिभिजन इन्ड्रस्टीलाई अपमान गरेको छ । कृपया, यो विज्ञापन कुनै मिडियामा प्रसारण नगरियोस् ।’ 

त्यस्तै, अर्का टेलिभिजनकर्मी राहुल सेथुपतिले पनि रणवीरलाई सामाजिक र मिडिया चेतना छ कि छैन ? भनेर प्रश्न गरेका छन् । ’रणवीर मलाई यो भनिदेऊ तिमिसँग आफू के काम गर्दैछु भन्ने सामाजिक र मिडिया ज्ञान छ कि छैन ?’, उनको प्रश्न छ, ’पक्कै छैन होला । यसकारण त तिमिले यति निम्नस्तरको काम गर्यौ ।’ 

विज्ञापनमा रणवीरले जोनी सिनसँग स्क्रिन सेयर गरेका थिए । जोनी प्रोनोग्राफी चलचित्रका चर्चित कलाकार हुन् । उनले अहिलेसम्म पाँच सयभन्दा बढी पोर्न चलचित्रमा काम गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

जोनीले ’पोर्न हिरो’को विभिन्न ’एडल्ट अर्वाड’हरु समेत पाएका छन् ।

टिप्पणीहरू