पाँच नाबालिगमाथि यौनशोषण गर्ने 'हिरो पादरी' जेल चलान

पाँच नाबालिगमाथि यौनशोषण गर्ने 'हिरो पादरी' जेल चलान

दक्षिण कोरियाका एक जना चर्चित पादरीलाई यौन शोषणको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । सोलस्थित उच्च अदालतले ६७ वर्षीय पादरी चुन कि-वनलाई दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो । 

उनीमाथि ६ जना बालिगलाई यौन शोषण गरेको आरोप थियो । त्यसमध्ये पाँच बालिगलाई यौन शोषण गरेको प्रमाण पाइएपछि अदालतले दोषी ठहर गरेको हो । 

उत्तर कोरियाबाट केहीलाई चोरेर दक्षिण कोरिया ल्याएका चुन देशकै प्रतिष्ठित र चर्चित पादरी मानिन्थे । उनलाई कतिपयले 'हिरो पादरी' समेत भन्थे । 

उनले ३० वर्ष यता हजारभन्दा बढी मानिसको उद्धार गरेको बताइन्छ । उनले विभिन्न शहरमा विद्यालय खोलेर विद्यार्थीहरुलाई निशुल्क शिक्षासमेत दिँदै आएका थिए । 

उनले समाजसेवा गरेवापत दक्षिण कोरिया सरकारबाट दर्जन बढी सम्मान र पुरस्कार पाएका छन् । उनको जीवनीबारे अन्तर्राष्ट्रिय  मिडिया सिएनएन,द न्यूयोर्क टाइम्स र नेशनल जिओग्रफिकले डकुमेन्ट्री समेत बनाएका छन् ।
 

टिप्पणीहरू