केटो फेर्दै, पैसा कमाउँदै

केटो फेर्दै, पैसा कमाउँदै
सुन्नुहोस्

विवाहजस्तो पवित्र नाता सम्बन्धलाई ‘पत्रु’हरूले कसरी पैसा कमाउने माध्यम बनाउँछन् ? यस्तै केही पात्रका कारण एकबारको जीवन कष्टकर ढंगले झेलिरहेको छु ।

कस्ता–कस्ता घृणित कर्म पनि गर्न थाले महिलाले । एउटा केटासँग विवाह ग¥यो, महिना नबित्दै सम्बन्ध विच्छेद । फेरि अर्काेसँग विवाह गर्‍यो– दुई÷ चार महिनापछि सम्बन्धविच्छेद गर्दै अंश माग्दै हिँड्न थालेपछि परिणाम के निस्कन्छ ? विवाह भनेको सम्पत्ति कमाउने साधन नभएर जीवन जिउने माध्यम बन्नुपर्ने हो । तर, सबैको हकमा यस्तो नहुँदो रहेछ । केही यस्ता महिला छन् समाजमा, जो लाज–घीन सबै पचाएर पैसाका लागि सम्बन्ध जोड्दै, सम्बन्ध तोड्न पछि पर्दा रहेनछन् ।

‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’मा सीमित रहेन अब । यो त ‘मुढाको आगो’ पो बन्न थाल्यो । पहिलेझैं ह्वार÷हुर्र बलेर सकिने होइन कि आगो दन्किन थालेपछि निभाउनका लागि उही अदालतकै ढोका ढक्ढकाउनुपर्ने स्थिति आयो । यसरी बलेको आगोमा घ्यू थपिदिँदा रहेछन्, कतिपय नातेदार र आफन्त भनाउँदा । घटना एउटै– सम्बन्धविच्छेदका तर प्रकृति फरक–फरक । कोहीको बिहेपछि सम्बन्ध खल्बलिएका, कोहीले सम्पत्तिकै लागि बिहे रोजेका, कोही जानीजानी अंशकै लागि दोस्रो श्रीमती भएर भित्रिएका यस्ता थुप्रै घटना भेटिन्छन् अदालततिर । 

सम्पत्ति खानकै लागि पुरुषहरू फेर्दै हिँड्ने महिलाका कारण विवाहजस्तो पवित्र सम्बन्ध दूषित बन्न पुगेको छ । भनिन्छ, पुरुषले चाहे कहिले हो कहिले, महिलाले चाहे निमेष भरमै । महिलाले चाहे क्षणभरमै सम्बन्धविच्छेद गर्न मिल्ने । यही कमजोर कानुनका कारण प्रताडित एक सर्वसाधारण हुँ, जो न्यायको खोजीमा भांैतारिँदैछु । 

६ वर्षअघि विराटनगर महानगरपालिका–३ बस्ने राजचन्द्रकी छोरी राजेश्वरी लामिछाने (३०) सँग सामाजिक परम्पराअनुसार विवाह भएको हो । यही विवाह नै मेरोलागि जीवनभर पीडादायी बन्न पुगेको छ । आखिर एक धर्काे सिन्दूरको भरमा स्त्रीजातिको मन आफ्नो बनाउन नसकिँदो रहेछ । नियति खराब भए त बदल्न सकिन्छ तर नियतै खराब भएकासँग कसैको केही जोर नचल्ने । सायद नियतै खराब राखेर मसँग नजिकिएकी थिइन्, उनी । 

सन्तान जन्माउन चाहन्नथिइन् । सोचें, श्रीमतीको खुशी नै एउटा लोग्नेको खुशी । आफ्नो खुशीलाई दाउमा राखेर उसको खुशीका लागि हरचिज त्याग्दै गएँ । कालान्तरमा समयले मलाई यस्तो ठाउँमा ल्याइदियो कि उनको खुशीका लागि आफैं नांगिएर उसैलाई त्याग्नुपर्ने दिन आयो ।राजेश्वरीको कर्म रहेछ– अलि पैसावाल केटा फेला पारेपछि ऊसँग विवाह गरिहाल्ने । केही महिनापछि विवाह दर्ता गर्ने, अनि विवाह दर्ता गरेको एकाध महिनापछि निहुँ खोजेर विच्छेद गर्ने र आधा सम्पत्ति माग्ने ।

यो कुनै कोरा आरोप हैन, तथ्यहरूले यस्तै बोल्छ । विवाह जीवन काट्नका लागि होइन । केही समय काट्ने र मुद्दा मामिला गर्ने उद्देश्य भएरै होला । विवाह भएकै दिनदेखि उनले विवाह दर्ताका लागि जोड दिन्थिन् । ४ महिनामै ०७४ साउनमा विवाह दर्ता भयो । केही महिनापछि घरबाट रातारात हराइन् । खोज्दै जाँदा फेला परिन् भक्त न्यौपानेसँग । म अब यस्तो गल्ती गर्दिनन् भनिन् । मन पग्लियो ।

अन्यत्र लडेको मान्छे त उठेर हिँड्न सक्ला तर नजरबाट गिरेको मान्छे फेरि कहिल्यै उठ्न सक्दैन रहेछ । सम्बन्धमा तुषारापात तव न शुरु हुन्छ जब श्रीमती परपुरुषसँग लठारिन्छिन् । स्त्रीको शरीर आफूसँग छ तर मन परपुरुषप्रति नै आकुल छ भने त्यस्ता स्त्री नै बन्दा रहेछन् स्वर्ग जस्तो घरलाई मसानघाटमा परिणत गराइदिने कारण । 

केही पछि कोठामै अर्काे एउटा पत्र भेटियो । मन चिसो भयो । उनको अर्काे पुरुषसँग पनि प्रेम सम्बन्ध रहेछ, लामो समयदेखि । ०७६ असारमा यस्तो पत्र हात परेपछि मर्नु बौलाउनुको हालतमा पुगें । लेखिएको थियो ‘तिम्रो कोठाको झ्याल खुल्लै राख्नु, म आउँछु ।’ अरू कुनै कारणले समाजमा शीर झुकाउनु नपरेको पुरुषका लागि योभन्दा बढी लज्जाबोध र हीनताको विषय अरू के हुुन सक्ला ? बुझ्दै जाँदा थाहा भयो उनीहरू बीचमा ६ वर्षदेखि सम्बन्ध रहेछ । ७७ साउन ८ गते अंश भर्पाई गरिदिएँ । तै पनि व्यवहारमा कुनै परिवर्तन आएन । दिनभर काम गरी थाकेर घर आउँथेँ । घरमा आउँदा मेरालागि खाने कुरा नै हुँदैनथ्यो । ऊ आफ्नो लागि मात्र खाना पकाउने गर्थी । हरेक दिन कचकच र झगडा पर्न थालेपछि अलग–अलग बस्न थाल्यौं ०७७ असोजदेखि । यसरी सँगै बस्न नसक्ने भएपछि अदालत गई सम्बन्धविच्छेद गर्ने सहमतिसमेत भयो ।

सहमतिबमोजिम मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा गरिनन् उल्टै मानसिक यातना मात्रै दिइन् । पछि अंश मुद्दा दायर गरिन् । घर समाज तथा विभिन्न संघसंस्थाको अथक प्रयासका बाबजुदसमेत सम्बन्ध सुमधुर नभएका कारण विवाहमा लिइएका सरसामान एक अर्काेलाई फिर्ता गरी सम्बन्धविच्छेदको ८ बुँदे सहमति भएको थियो । कुनै अंश नलिने, मुद्दामा लाग्ने सबै खर्च केटाले व्यहोर्ने, दुईबीचमा सम्बन्धविच्छेदसँगै मित्रवत् व्यवहार र कानुनविपरीत कार्य गर्न नहुने गरी अदालतले मिलापत्र गरिदिएको थियो ।

औँठाछाप गरेरै कानुनी रूपमा सम्बन्धविच्छेद गरे पनि सम्झौतालाई बिर्सेर साक्षीहरूलाई समेत लज्जित हुने गरी फेरि अंश मुद्दा हाली मलाई सताइरहेकी छन् । के महिलालाई कानुनको यही कमजोरीमाथि टेक्दै केटाहरूको घरपरिवारमाथि खेल्न यति साह्रो छुट छ ? उल्टै मेरो कार्यालयमा आएर तथानाम बेइज्जत गरिन् । प्रहरी प्रशासन लगाएर मैमाथि दुःख सास्ती र हैरानी दिइरहेकी छन् ।

डलरका लागि खुलेका महिला अधिकारवादीको संस्थाबाट उस्तै हैरानी खेपिरहेछु । एक बारको जुनीमा खेपेका दुःख, सास्ती र हैरानीको कुरै नगरौँ, मेरो घर परिवार उनकै कारण तहसनहस भएको छ । शारीरिक, मानसिक र सामाजिक रूपमा समेत विक्षिप्त बन्न पुगेको छु । जिल्लाबाट टुंगिएको केस उच्चमा पुगेको छ ।

हेर्न बाँकी छ, विवाहजस्तो पवित्र सम्बन्धलाई पैसा कमाउने माध्यम बनाउनेउपर दूधको दूध पानीको पानी छुट्याउने कसम खाएर न्यायको तराजु हातमा लिई बस्नुभएका श्रीमान्हरूले कस्तो न्याय दिनुहुन्छ ? कस्तो विवेक प्रयोग गर्नुहुन्छ ? हरेक घटनामा पुरुष मात्र दोषी हुन्छ ? वा महिला पनि दोषी हुन्छन् ? के महिला भएकै आधारमा जे गर्न पनि छुट मिल्छ ? आशा, भरोसा एवं विश्वास छ, श्रीमान्हरूले विवेक प्रयोग गर्नुहुन्छ र न्याय दिनुहुन्छ । 

– वीरेन्द्र उप्रेती 
 

टिप्पणीहरू