मुस्लिम देशमा यूएईमा भव्य मन्दिर

मुस्लिम देशमा यूएईमा भव्य मन्दिर
सुन्नुहोस्

इस्लामिक मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा हिन्दुहरुको मन्दिर स्थापना गरिएको छ ।

यूएई सरकारको जग्गा सहयोगमा बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले मन्दिरको निर्माण गरेको हो । करिब ११ हेक्टर जग्गामा फैलिएको यो मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा रहेको छ । मन्दिर निर्माण गर्न ७ अर्ब भारु खर्च भएको जनाइएको छ । 

मन्दिरमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।

मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि राखिएको छ ।

युएईमा करिब ७ लाख हिन्दु धर्मालम्बीहरुको बसोबास रहेको पाइन्छ ।

टिप्पणीहरू