अष्ट्रेलिया उडेका गायकले बिचैमा पासपोर्ट हराएपछि नेपाल फिर्ता

अष्ट्रेलिया उडेका गायकले बिचैमा पासपोर्ट हराएपछि नेपाल फिर्ता

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँर हङकङबाटै फर्किएका छन् । हङकङको अन्तराष्ट्रिय विमानस्थलमा उनको पासपोर्ट हराएपछि नेपाल फर्किनुपरेको हो । 

उनी प्रेमिका तथा गायिका समृद्धि राई र आमासँग अष्ट्रेलिया जाँदै थिए । तर, बिचमै पासपोर्ट हराएपछि प्रेमिका र आमा मात्रै उता पुगेका छन् । समृद्धिले फेसबुकमा लामो स्टाटस लेख्दै पासर्पोट हराएपछि नितेशले भोग्नुपरेको हैरानीबारे जानकारी गराएकी छन् । 

उनका अनुसार नितेशले हङकङको विमानस्थलमा ६६ घण्टासम्म लगातार हराएको पासर्पोट खोजेका थिए । त्यहाँका कर्मचारी र प्रहरीसँग समन्वय गरेर पासर्पोट खोजे पनि नभेटिएको समृद्धिले बताएकी छन् । 

गायक नितेशको 'मेलबर्न कन्सर्ट' स्थगन भएको छ भने अष्ट्रेलियाका अन्य शहरमा हुने भनिएको कार्यक्रम पनि प्रभावित हुने बताइएको छ । काठमाडौँ फर्किएका उनले अर्को राहदानी लिने र भिसा लगाएर अष्ट्रेलिया जाने प्रक्रिया शुरु गरिसकेको बुझिएको छ ।

टिप्पणीहरू