काठमाडौँमा उपकुलपतिहरुको सम्मेलन हुँदै

काठमाडौँमा उपकुलपतिहरुको सम्मेलन हुँदै

विभिन्न देशका १५० विश्वविद्यालयका उपकुलपतिहरु एकैचोटी नेपाल आउने भएका छन् । 

आगामी फागुन ३-५ गते सम्म काठमाडौँ विश्वविद्यालयमा आयोजना हुने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनको लागि उनीहरु नेपाल आउन लागेका हुन् । काठमाडौँ विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतबाट १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू नेपाल आउन लागेको जानकारी दिएको छ । 

हालसम्म करिब २२७ जना सहभागिताका लागि आउने निश्चित भएको प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । सभामा नेपालको तर्फबाट १५ उपकुलपति सहभागी हुनेछन् । 

तीनवटा प्राविधिक सत्र चल्ने सभामा अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदाको विषयमा पहिलो चरणको छलफल हुनेछ । दोस्रो सत्रमा नियमन र नीति निर्माणका साझा मुद्धाहरुबारे बहस गराउने तयारी छ । विद्यार्थी गतिशिलता र अन्तराष्ट्रिय अनुभवबारे अन्तिम सत्रमा छलफल हुने बताइएको छ ।

टिप्पणीहरू