टुँडिखेलमा वसन्त चाडको रौनक (फोटो फिचर)

टुँडिखेलमा वसन्त चाडको रौनक (फोटो फिचर)
सुन्नुहोस्

चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको अवसरमा आज पनि कार्यक्रम आयोजना गरिएको छ । राजधानीको टुँडिखेलमा वसन्त पर्व विशेष कार्यक्रमका साथ मनाइएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र नेपालका लागि चीनका राजदूत छन् सोङले उक्त पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीत संगीत प्रस्तुत गरिएको छ । चिनियाँ नयाँ वर्ष तथा वसन्त चाडको अवसरमा नेपालको सार्वजनिक स्थलमा आयोजना गरिएको यो नै सम्भवतः पहिलो सांस्कृतिक मेला भएको बताइएको छ ।

यसअघि अस्ति दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा, सांस्कृतिक कार्यक्रम, शनिबार बिहान दरबारमार्गमा पनि विभिन्न नृत्य तथा विशेष कार्यक्रम आयोजना गरिएको थियो । अघिल्लो दिन ठमेलमा र गत बुधबार रत्नपार्कमा पनि वसन्त चाडको अवसरमा सांस्कृतिक कार्यक्रम र चिनियाँ लाल्टिन प्रज्वलन कार्यक्रम गरिएको थियो ।

टिप्पणीहरू