सरकारी कार्यालय आगो लाग्दा १८ लाख राजश्व खरानी

सरकारी कार्यालय आगो लाग्दा १८ लाख राजश्व खरानी
सुन्नुहोस्

काठमाडौंको बबरमहलस्थित सडक डिभिजन कार्यालयमा आगलागी हुँदा १८ लाख नगद जलेर खरानी भएको छ । 

आज दिउँसो करिब २ बजेतिर एकाएक कार्यालयमा आगलागी भएको थियो । सशस्त्र प्रहरीको टोलीले आगो निभाउने क्रममा कार्यालयमा रहेको नोटहरु आधा जलेको अवस्थामा फेला परेको बताइएको छ । 

काठमाडौ महानगरबाट खटिएको जुध्द वारुण र सशस्त्रको विपद उद्दार गण सिनामंगलबाट खटिएको संयुक्त टोलीले आगो नियन्त्रण लिएको प्रहरीले बताएको छ । नगदबाहेक क्षेतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

टिप्पणीहरू