माननीयको सुटकेसभित्रको चकलेट हरायो, साडी खोतलियो

माननीयको सुटकेसभित्रको चकलेट हरायो, साडी खोतलियो
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणको झोला वा सुटकेसबाट विभिन्न सामान हराउने गरेको विषय बेलाबेलामा चर्चामा आउने गरेको छ । सोही क्रममा विमानस्थलबाट एक जना सांसदको चकलेट हराएको छ । 

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले आफ्नो सुटकेस फुटाएर चकलेट चोरी भएको बताएकी छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विमानस्थलमा आफ्नो सुटकेसबाट चकलेट चोरिएको उनले बताएकी हुन् । 

बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्दै उनले भनिन्, ’संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ ? तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’ 

सांसद प्रसाईले आफू मलेसिया र सिंगापुर भ्रमण सकेर आउँदा विमानस्थलमा सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरिएको बताइन् । एकपटक भारतबाट आउँदा आफूले साडी ल्याएको झोला जबरजस्ती खोतलेकोमा पनि दुःख व्यक्त गरेकी छन् ।

टिप्पणीहरू