मिथुन चक्रवर्तीको कोलकात्तामा उपचार जारी

मिथुन चक्रवर्तीको कोलकात्तामा उपचार जारी
सुन्नुहोस्

बलिउडका वरिष्ठ अभिनेता मिथुन चक्रवर्तीलाई अस्पताल भर्ना गरिएको छ । ७३ वर्षीय मिथुलाई हिजो बिहान अचानक मस्तिष्कको इस्केमिक सेरेब्रोभास्कुलर (स्ट्रोक) भएपछि कोलकात्ताको ओपोलो अस्पतालमा भर्ना गरिएको छ । 

मिथुनको स्वास्थ्यमा आज केही सुधार आएको बताइएको छ । उपचारमा न्यूरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलोजिस्टसहित आधा दर्जन विज्ञ खटिएका छन् । 

अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा केही सुधार आएको जानकारी दिएको हो । बलिउडका चर्चित कलाकार मिथुनलाई अघिल्लो महिना भारत सरकारले पद्म भूषणबाट सम्मान गरेको थियो । 

पछिल्लो पटक उनी बंगाली चलचित्र ‘काबुलीवाला’ मा देखिएका थिए ।
 

टिप्पणीहरू