रविका ससुराको फिल्म हल बन्द

रविका ससुराको फिल्म हल बन्द
सुन्नुहोस्

राप्रपाका नेता तथा रास्वपाका सभापति रवि लामिछानेका ससुरा उद्धव पौडेलको स्वामित्व रहेको चावहिलस्थित गोपीकृष्ण हल बन्द हुने भएको छ ।

गोपीकृष्ण मुभिज प्रालिले आज एक विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराएको हो । कोरोना महामारीले ठूलो घाटा पुर्याएको र राज्यको विद्यमान कर प्रणालीको कारण हल बन्द गर्नुपर्ने अवस्था आएको प्रबन्ध निर्देशक नीरक पौडेलले बताए । 

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

०५२ सालमा वरिष्ठ चलचित्रकर्मीसमेत रहेका उद्धवले गोपीकृष्णको स्थापना गरेका थिए । तर, कोरोना लकडाउनपछि नयाँ मल बनाउने भन्दै ४ वटा पर्दा भएको भवन भत्काइएको थियो । त्यसयता तीनवटा पर्दामा सीमित रहेको गोपीकृष्ण पूरै बन्द गरेर त्यहाँ कम्प्लेक्स बनाउने तयारी भइरहेको पनि बताइएको छ ।

टिप्पणीहरू