यी हुन् त्रिवि उपकुलपतिको 'सर्ट लिस्ट'मा परेका १४ जना

यी हुन् त्रिवि उपकुलपतिको 'सर्ट लिस्ट'मा परेका १४ जना

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम 'सर्ट लिस्ट'मा परेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका ४३ जनाबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि वर्णानुक्रमअनुसार १४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको हो ।

जसमा काठमाडौंका रामचन्द्र बस्नेत, प्रकाश घिमिरे, भोजराज अर्याल, कुशुम शाक्य र गोविन्द सुवेदी परेका छन् । बाग्लुङका महेन्द्रप्रसाद शर्मा, चित्रबहादुर बुढाथोकी, अर्घाखाँचीका नारायणप्रसाद वेलवासे र शिवलाल भुसालको नाम पनि सर्ट लिस्टमा छ । 

त्यसैगरी, पाल्पाका केशरजंग बराल, नवलपरासीका ज्ञानेन्द्रप्रसाद पौडेल, ओखलढुंगाका टंकनाथ धमला, चितवनका तीर्थराज खनियाँ र गुल्मीका सुर्यबहादुर थापा पनि सूचीमा समेटिएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सर्ट लिस्टमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माघ २९ गतेदेखि फागुल्न २ गतेसम्मको समय तालिका निर्धारण गरिएको छ । 

त्रिविमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनौट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा नाम सिफारिस गर्न समिति गठन भएको थियो । 

समितिले गत पुस २३ गते दरखास्त आह्वान गरेकोमा ४३ जनाले आवेदन दिएका थिए । उनीहरु मध्येबाट १४ जनाको नाम सर्ट लिस्टमा परेको हो ।
 

टिप्पणीहरू