जो चर्चाकै लागि नाङ्गिए (तस्बिरसहित)

जो चर्चाकै लागि नाङ्गिए (तस्बिरसहित)
सुन्नुहोस्

बलिउडमा ‘नेपोटिज्म’ को विषयले बेला–बेलामा चर्चा पाइरहन्छ । कतिपय निर्माता, निर्देशक र कलाकारले आफ्ना छोरा–छोरीलाई चलचित्रमा डेब्यु गराउन करोडौँ लगानी गर्ने गरेको उदाहरण धेरै छन् । 

अभिनेताका सवालमा ’नेपोटिज्म’ केही हदसम्म हावी भएको पनि देखिन्छ । तर, अभिनेत्रीहरु भने अधिकांश आफ्नै हर्कतले चर्चामा आएको पाइन्छ ।  यहाँ त्यस्तै केही अभिनेत्रीहरुको कुरा गर्दैछौं, जसले संघर्षको समयमा चर्चाकै लागि निर्वस्त्र भएर फोटोशुट गराएका थिए ।

 

अलिया भट्ट

बलिउडका पुराना निर्माता तथा निर्देशक महेश भट्टकी छोरी हुन्, आलिया । उमेरले ३० वर्ष पुगेकी उनी अहिले सफल अभिनेत्रीहरुको सूचीमा पर्छिन् । 

सन् २०१२ मा उनले करण जोहरको ’स्टुडेन्ट अफ दी इयर’बाट डेब्यु गरेकी थिइन् । आलिया अभिनेता रणविर कपूरसँग बिहे गरेर एक सन्तानको आमासमेत बनिसकेकी छन् । 

बाबु बलिउडका ख्याती प्राप्त निर्माता र निर्देशक भएपनि आलियालाई डेब्यु गर्न त्यति सजिलो भने भएन । चर्चा कमाउनै लागि निर्वस्त्र (टपलेस) फोटोशुट गराएकी थिइन्, उनले । हातमा बिरोला बोकेर गरेको निर्वस्त्र फोटोशुटले बलिउडमा ’कन्ट्रोभर्सी’ ल्याएको थियो ।

 

कियारा आडवानी

सन्दिप रेड्डी भांगाको चलचित्र ’कविरसिंह’बाट एकाएक चर्चामा आएकी कियारा अहिले बलिउडकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् । उनले त्यसअघि ’एमएस ध्वनीः दी अन्टोल्ड स्टोरी’मा पनि काम गरिसकेकी थिइन् । तर, खासै नोटिसमा परिनन् । 

त्यसको केही महिनामै कियाराले पनि एउटा निर्वस्त्र फोटोशुट गराइन्, जसले रातारात उनको चर्चा बढायो । त्यसपछि ’कविरसिंह’को अफर पाएकी थिइन् । यस चलचित्रमा कियाराले राम्रो अभिनय गरेकी छन् । तर, दर्शकहरुको ध्यान भने उनको अभिनयमा भन्दा ’किसिङ सिन’मा बढी पर्यो ।

३२ वर्ष पुगिसकेकी कियारा अहिले अभिनेता सिदार्थ मल्होत्रासँग बैबाहिक बन्धनमा बाँधिसकेकी छन् ।

 

दिशा पटानी

कोरियोग्राफी र मोडलिङ हुँदै चलचित्रमा डेब्यु गरेकी दिशा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनले सन् २०१५ मा पहिलो पटक तेलुगु चलचित्र ’लोफर’मा काम गरेकी थिइन् । त्यसअघि पनि विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी उनले दर्शकको ध्यान खिच्न सकिनन् । 

अन्ततः चर्चाकै लागि दिशाले पनि निर्वस्त्र फोटोशुट गराइन् । त्यो फोटोशुटपछि बलिउडका केही निर्माताले उनको शारीरिक बनावट र सुन्दरताको खुलेरै प्रशंसा गरेका थिए । फलस्वरुप ’एमएस ध्वनीः दी अनटोल्ड स्टोरी’मा अभिनेता शुसान्तसिंह राजपुतसँग उनलाई स्क्रीनशेयर गर्ने मौका मिल्यो । त्यसयता उनले आजसम्म पछि फर्केर हेर्नुपरेको छैन । 

उमेरले ३१ वर्ष पुगेकी दिशाको तीनवटा बहुप्रतिक्षित चलचित्र ‘कल्की २८९८ एडी’, ’कंगुवा’ र ’वेलकम टु दी जंगल’ रिलिजको तयारीमा छन् ।

 

भूमी पेड्नेकर 

महाराष्ट्रमा जन्मिएकी भूमीले पनि आफ्नो करिअर बनाउन हदैसम्मको संघर्ष गर्नुपर्यो । सन् २०१५ मा रिलिज भएको रोमान्टिक कमेडी जनराको ’दम लगाके हाँसा’ भूमीको डेब्यु चलचित्र हो । तर, यसबाट उनले दर्शकलाई खासै प्रभाव पार्न सकिनन् । 

त्यसपछि उनले फेरि रोमान्टिक ड्रामा ’ट्वाइलेट एक प्रेम कथा’मा काम गरिन् । यसबाट पनि उनले खासै प्रहाव छोड्न सकिनन् । चलचित्रमा जति राम्रो अभिनय गर्दा पनि चर्चा नपाएकी भूमिले अन्ततः टपलेस फोटोशुट गराइन् । बाथटपमा गराएको त्यो शुटले उनलाई करिअर बनाउन ठूलो सहयोग गर्यो । 

यस फोटोशुटलगत्तै उनले ’पति पत्नी और वो’ मा अभिनेता कार्तिक अर्यानसँग स्क्रीन शेयर गर्ने मौका पाइन् । जुन चलचित्रले बक्स अफिसमा नसोचेको कलेक्शन गर्यो । त्यसयता भूमीले पछि फर्केर हेर्नु परेको छैन । अहिले उनी नेटफ्लीक्सको वेव सिरिजमा व्यस्त छिन् ।

 

ज्याकलिन फर्नान्डिज

बलिउडमा करिअर बनाउनकै लागि श्रीलंकाबाट भारत आएकी अभिनेत्री हुन्, ज्याकलिन । सन् २००६ मा ’मिस युनिभर्स श्रीलंका’को उपाधि जितेसँगै उनी करिअर खोज्न बलिउड छिरेकी थिइन् । 

करिअरको सुरुवाती दिनहरुमा दर्जर्नौ चलचित्रमा अडिशन दिएकी ज्याक्लिन कुनैमा पनि छानिन सकिनन् । जसोतसो सन् २००९ मा ’अलादिन’ नामको चलचित्रमा काम गर्ने मौका पाइन् । तर, उनले आफ्नो प्रभाव छाड्न सकिनन् । जति गर्दा पनि दर्शकहरु प्रभावित नभएपछि उनले टपलेस फोटोशुट गराइन्, त्यो पनि दुई पटक । 

ज्याक्लिनको त्यो फोटोशुटले भने सन् २०१२ मा बनेको साइकोलोजिकल थ्रिलर चलचित्र ’मर्डर २’ मा काम गर्ने मौका दिलायो । यसमा उनले अभिनेता इम्रान हास्मीसँग रोमान्स गरेकी थिइन् । अन्ततः यस चलचित्रले डुब्दै गरेको ज्याकलिनको करिअरलाई उठाएन मात्र, बक्सअफिसमा राम्रै कमाइ गर्यो । 

त्यसयता ज्याक्लिनले करिअरमा पछि फर्केर हेर्नुपरेको छैन । तर, पछिल्लो समय भने उनी भारतमा एक हजार करोड ठगी प्रकरणमा मुछिएकी छन् । जसमा उनको नाम कुख्यात ठग शुरेश चन्द्रशेखरसँग जोडिँदै आएको छ ।

टिप्पणीहरू