'हात्तीछाप'को खजाना, 'वानपीस' मा उपासना

'हात्तीछाप'को खजाना, 'वानपीस' मा उपासना
सुन्नुहोस्

अभिनेत्री उपासना सिंह ठकुरीले एउटा प्रिमियर कार्यक्रममा गरेको फेशनले सामाजिक सञ्जाल तातेको छ । 

हिजो बेलुकी चावाहिलस्थित केएल टावरमा आयोजना गरिएको चलचित्र 'हात्तीछाप'को प्रिमियरमा वानपीस लगाएर गएकी उनको ड्रेसअप सामाजिक सञ्जालमा 'हटकेक' बनेको हो । 

‘क्याप्टेन’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘२ नम्बरी’, ‘डिसेम्बर फल्स’ लगायतका चलचित्रमा काम गरिसकेकी उपासनाले अहिलेसम्म आफूलाई सामान्य पोशाकमै प्रस्तुत गर्ने गरेको थिइन् । तर, हिजोको प्रिमियरमा भने उनको उपस्थितिले अरु कलाकार फिका देखिएको दर्शकहरुले टिप्पणी गरेका छन् । 

माघको जाडोलाई चुनौती दिँदै उपासना वानपीसमा देखिएपछि दर्शकहरुको ध्यान चलचित्रको पर्दामा भन्दा नायिकातिर बढी केन्द्रित देखिन्थ्यो । प्रिमियरमा पुगेका पत्रकारहरुले पनि उनैलाई 'टार्गेट'मा राखेर फोटो र भिडियो खिचेका थिए । 

'हात्तीछाप'मा उनले अभिनेता दयाहाङ राईसँग स्क्रीन शेयर गरेकी छन् । अभिनेता राईले पनि उपासनालाई चलचित्रको 'खजाना' भएको बताउदै तारिफ गरेका थिए । चलचित्र हेरिसकेपछि अधिकांश दर्शकले उपासनाको अभिनय र ड्रेसअपको खुलेरै तारिफ गरेका छन् । 

फेसबुकमा उपासनाको बोल्ड फोटो शेयर गर्दै हिमाल राईले लेखेका छन्, 'यति बोल्ड हिरोइन नेपालमै रहेछन्, म भने हलिउड/बलिउडमा भुलिराथे । अब यी मायाको फिल्म हेरिन्छ, कडा !'

टिप्पणीहरू