सेनाको बर्दीमा चुम्बन गरेको दृश्यले फाइटरलाई झड्का

सेनाको बर्दीमा चुम्बन गरेको दृश्यले फाइटरलाई झड्का
सुन्नुहोस्

सिनेमा हलहरुमा प्रदर्शन भैरहेको भारतीय चलचित्र 'फाइटर'को दृश्य विवादमा परेको छ । चलचित्रको मुख्य भूमिकामा रहेका ऋत्तिक रोशन र दीपिका पादुकोणले वायुसेनाको बर्दी लगाएर चुम्बन गरेको दृश्यप्रति त्यहाँको वायुसेनाले आपत्ति जनाएपछि विवाद निम्तिएको हो । 

आसाममा कार्यरत भारतीय वायुसेनाका विंग कमाण्डर सौम्यदीप दासले चलचित्रको निर्माण टिमलाई नोटिशसमेत पठाएका छन् । वायुसेनाको ड्रेसमै 'किस' गरेकोप्रति आपत्ती जनाउँदै उनले पठाएको नोटिशमा सैनिक पोशाकको अपमान भएको जनाइएको छ । 

दासले भनेका छन्, 'बर्दी कपडाको एउटा टुक्रा मात्र होइन, यो कर्तव्य, राष्ट्रिय सुरक्षा र निस्वार्थ सेवाप्रति अटल प्रतिबद्धताको शक्तिशाली प्रतीक हो । तर उक्त सिनले बर्दी र बर्दीले झल्काउने राष्ट्रियताको अपमान गरेको छ ।' 

चलचित्रले आक्रमक कमाई गरिरहेको बेला यो विषय बाहिरिएसँगै 'फाइटर' निर्माण टिमलाई झट्का लाग्ने देखिएको छ । चलचित्रले अहिलेसम्म ३५० करोडभन्दा बढी आम्दानी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू