पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले दरखास्त मागेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्न भनिएको छ । 

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानूनबमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको व्यक्तिले उपकुलपति पदका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

त्यस्नै, सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको र राजनीतिक दलको सदस्य नरहेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू