चिलीमा भयानक आगलागी, चार दर्जनको मृत्यु, तीन सय बढी विस्थापित

चिलीमा भयानक आगलागी, चार दर्जनको मृत्यु, तीन सय बढी विस्थापित
सुन्नुहोस्

विश्वकै सानो देशको सूचीमा पर्ने चिलीको जंगलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको ज्यान गएको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वालपराइसो क्षेत्रको जंगलमा भएको आगलागीमा तीन सयभन्दा बढी विस्थापित भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । 

राष्ट्रपति गैब्रिएल बोरिकले एक सम्बोधन गर्दै समुद्र किनारमा बसेको सहर विना डेल मार आसपासका मानिस सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । उनले उद्धार तथा राहतकर्मीहरु आगलागी प्रभावित क्षेत्रमा खटिएको पनि उल्लेख गरेका छन् ।  

देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी आगलागीबाट प्रभावित भएको छ। अत्यधिक गर्मीमा तीव्र हावा चल्दा आगो फैलिएको बताइएको छ ।
 

टिप्पणीहरू