संसद भवनमा सरसफाई जारी (फोटो फिचर)

संसद भवनमा सरसफाई जारी (फोटो फिचर)

पर्सि सोमबारदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरिसक्नुभएको छ ।

उक्त आह्वानपछि सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनलाई तयारी अवस्थामा राख्न आवश्यक सरसफाई, रंगरोगन र सजाउने कार्य तीव्र रुपमा भइरहेको छ ।

संसद बैठक व्यवस्थित रुपमा सञ्चालनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै कार्यव्यवस्था महाशाखा छन् । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसहित संसदको कार्यव्यवस्था महाशाखाका कर्मचारीहरुले भवन र बैठक कक्षको निरीक्षण गरिसकेका छन् ।

टिप्पणीहरू