दुई सयभन्दा बढी युवतीसँग उठबस, फेसबुकबाटै यौन दुर्व्यवहार

दुई सयभन्दा बढी युवतीसँग उठबस, फेसबुकबाटै यौन दुर्व्यवहार

गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का सदस्य कुमार कार्कीको  कर्तुत बाहिरिएको छ । 

थाइ-नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका कार्कीले युवतीहरुलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक सम्पर्कको लागि जबरजस्ती गर्ने गरेको भएको हो । उनले अहिलेसम्म विभिन्न प्रलोभनमा पारी दुईसय युवतीसँग शारीरिक सम्बन्ध राखेको आरोप  छ । 

योे कुरा कार्की आफैंले बताएका हुन् । उनले एउटी युवतीलाई धम्क्याउँदै लेखेको मेसेज जनआस्थालाई प्राप्त भएको छ । ती युवतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि कार्कीले लेखेका छन्, 'म अहिलेसम्म दुई सयभन्दा बढी केटीसँग सुतेँ । तर अहिलेसम्म यस्तो भएको थिएन ।' 

"उनले अर्की एक युवतीलाई पनि २४ सय अमेरिकी डलरको लोभ देखाएर सम्बन्ध राख्न जवर्जस्ती गरेको खुलेको छ । युवतीलाई भनेका छन्, 'म तिम्रो २४ घण्टा चाहिएको छ, बदलमा म २४०० अमेरिकी डलर दिन्छु ।'

उनले अर्की एक युवतीलाई पनि २४ सय अमेरिकी डलरको लोभ देखाएर सम्बन्ध राख्न जवर्जस्ती गरेको खुलेको छ । युवतीलाई भनेका छन्, 'मलाई तिम्रो २४ घण्टा चाहिएको छ, बदलामा २४०० अमेरिकी डलर दिन्छु ।' 

त्यसो त सामाजिक सञ्जालमार्फत युवतीहरुलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक सम्बन्धको अफर गर्नेमा उनीसहित उनका भाइ जेम्स कार्की पनि संग्लन भएको पाइएको छ । केही दिनअघि दाजुभाइविरुद्ध थाइल्याण्ड प्रहरीमा एक युवतीले उजुरी गरेपछि उक्त कर्तुत खुलेको हो ।

 

ती युवतीको उजुरीमा कार्की दाजुभाइले सामाजिक सञ्जालमार्फत यौन दुर्ब्यवहार गरेको दाबी गरिएको छ । थाइल्याण्डमा बसोबास गर्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत दाजुभाइले पटक-पकट गलत नियत राखी एसएमएस पठाउने गरेको बताएकी हुन् । त्यसो नगर्न गरेको आग्रहमा उल्टै धम्की दिएको पनि उजुरीमा उल्लेख छ । 

सामाजिक सञ्जालमार्फत कार्की दाजुभाइले पठाएका एसएमएस पनि सार्वजनिक गर्दै उनले आफूलाई मानसिक दवाव दिने गरेको, प्रस्ताव अस्वीकार गरे जे पनि हुनसक्ने जस्तो धम्की दिएको पनि बताएकी छन् । 

कार्की दाजुभाइविरुद्ध यसअघि पनि युवतीहरुले यौनशोषण गरेको आरोप लगाउँदै आएका थिए ।

टिप्पणीहरू