भारत भ्रमणमा आएका राजकीय पाहुनाको जयपुरमा स्वागत

भारत भ्रमणमा आएका राजकीय पाहुनाको जयपुरमा स्वागत
सुन्नुहोस्

भारत भ्रमणमा आएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको राजस्थानको राजधानी जयपुरमा भव्य स्वागत गरिएको छ । राज्यका गभर्नर कलराज मिश्र, विदेशमन्त्री एस. जयशंकर र मुख्यमन्त्री भजनलाल शर्माले विमानस्थलमा राष्ट्रपतिको स्वागत गरेका हुन् ।

राष्ट्रपति म्याक्रोनलाई भारतको ७५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गर्न लागिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको हो ।

राजधानी नयाँ दिल्लीमा भोलि बिहान साढे १० बजे ७५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ ।

टिप्पणीहरू