नाउरुले चीनसँग कूटनीतिक सम्बन्ध जोड्यो, ताइवानसँग तोड्यो

नाउरुले चीनसँग कूटनीतिक सम्बन्ध जोड्यो, ताइवानसँग तोड्यो
सुन्नुहोस्

प्रशान्त महासागरमा रहेको टापु राष्ट्र नाउरु र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र नाउरुका विदेशमन्त्री लिओनेल आइङ्गीमाले हिजो बेइजिङमा कूटनीतिक सम्झौतामा हस्ताक्षर गरेपछि दुबै मुलुक राजदूतावास खोल्न औपचारिक रुपमा तयार भएका हुन् ।

सम्झौता उल्लेख गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले नाउरुले विश्वमा एउटा मात्रै चीन रहेको वास्तविकतामाथि प्रतिबद्धता जनाएको छ । उसले ताइवानलाई चीनको एउटा अभिन्न अंगको रुपमा स्वीकारेपछि चीनसँग कूटनीतिक सम्बन्धको मार्ग प्रशस्त भएको हो ।

यसअघि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम भएका १३ मध्ये नाउरु पछि हटे पश्चात् अब १२ मुलुक मात्रै बाँकी छन् ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू