अख्तियारको हिरासतमा सूचना प्रविधि क्षेत्रका खलनायकहरु

अख्तियारको हिरासतमा सूचना प्रविधि क्षेत्रका खलनायकहरु

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुलाई आज हिरासतमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरुमाथि नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको, सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको आरोप लागेको छ । 

त्यस्तै, विकल पौडेलको हकमा उनले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएको देखिएको अख्तियारले बताएको छ । 

आयोगले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना देखिएकाले अनुसन्धान कार्यमा बाधा पुग्ने आकलनपछि उनीहरुलाई आज नियन्त्रणमा लिइएको जनाएको छ । 

राज्य सत्तालाई प्रभावमा पारेर सूचना प्रविधि क्षेत्रमा हालीमुहाली गर्दै आएका यी दुई यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिसकेका पात्र हुन् ।

टिप्पणीहरू